महामन्त्री पद बिहानै त्यागिसकेँ, कारबाहीको अर्थ नै रहेनः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षबाट ५ वर्षका लागि निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले महामन्त्री पद पहिल्यै त्यागिसकेको बताएका छन् ।

विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले निष्कासनको निर्णयले कुनै अर्थ नराख्ने स्पष्ट पारे ।

’केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो,’ शर्माले भने, ‘म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ ।’

उनले थपे, ‘एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।’

संस्थापन पक्षको कारबाही निर्णयलाई विशेष महाधिवेशन हलले औपचारिक रूपमा खारेज गरिदिएको छ । उनले विशेष महाधिवेशनलाई वैधानिकता दिने प्रयास गर्दै पार्टीमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको सन्देश दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =