प्रभावकारी उपचारमा प्रदेश प्रहरी अस्पताल उपयोगी हुने : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत प्रदेशको राजधानी भएकाले यहाँको बढ्दो जनसङ्ख्या, सवारी दुर्घटनालगायत अवस्थामा बिरामीको प्रभावकारी उपचारमा प्रदेश प्रहरी अस्पताल उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

आज आयोजित कार्यक्रममा प्रदेश प्रहरी अस्पताल सुर्खेतको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रहरीले शान्ति सुरक्षाका साथै उपचार क्षेत्रमा पनि योगदान पुर्‍याउँदै आएको बताए ।

प्रदेश प्रहरी परिसरभित्र निर्मित १५ श्ययाको प्रहरी अस्पताल प्रहरी कर्मचारीका साथै सर्वसाधारणको उपचारका लागि उपयोग हुने बताउँदै योसँगै यहाँका नागरिकको स्वास्थ्य उपचार र सुधारमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘वीरेन्द्रनगरमा दुव्र्यसनी र दुर्घटना दुवै बढ्दै गएका छन् । शान्ति सुरक्षा कायम गर्नुका साथै अस्पतालले उपचार पनि दिने भएकाले प्रहरीको जिम्मेवारी बढेको छ’, मुख्यमन्त्री कँडेलले भने, ‘शान्तिसुरक्षामा विशेष ध्यान दिन सकियो भने मात्र कर्णाली विकसित, व्यवस्थित, समुन्नत र भरपर्दो सहरका रूपमा निर्माण हुन सक्छ ।’

कर्णाली प्रदेश प्रहरी कार्यालय स्वास्थ्य क्षेत्रको विभिन्न सेवा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पताल सञ्चालनले प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध कायम हुने बताए ।

स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने भन्दै उनले अस्पताल तथा जनशक्ति व्यवस्थापन र उपकरणमा प्रदेश सरकारले सक्दो सहयोग प्रदान गर्ने जनाए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले भोलिदेखि अस्पतालबाट नियमित सेवा सञ्चालन हुने जानकारी दिए । अस्पताल सञ्चालन तथा सेवा प्रवाहमा प्रदेश र स्थानीय दुवै सरकारबाट सहयोगको अपेक्षा रहेको उनले बताए ।

उक्त अस्पतालले सेवालाई विस्तार गर्दै अन्तरङ्ग विभाग, ल्याब, फार्मेसी, माइनर अप्रेसन, आँखाको रोगी, ओपिडी तथा सर्वसाधारणलाई उपचार सेवा प्रदान गर्ने कर्णाली अस्पताल सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =