हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास । आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले हातहतियार बुझाउन आग्रह गरेको छ ।

आज प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजानाहरू माघ १५ गतेभित्र बुझाउन आग्रह गरेको हो ।

उक्त हतियारहरू नजिकैकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिनेछ र निर्वाचन सम्पन्न भएपश्चात् हातहितयारहरू फिर्ता लैजान पाइनेछ ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लामा ७८ वटा हातहतियार तथा खरखजानाहरू दर्ता रहेका छन् ।

यदि कसैले कानुनविपरीत घरमै हातहतियार राखेमा कानुनबमोजिम कारबाही हुने गैरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =