रानीबारीबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ
२०८२ पुस २८ गते

काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–३ रानीबारीबाट अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सप्तरीका ३३ वर्षीय सुन्दर मुखिया, सप्तरीकै ३३ वर्षीय सुरेशकुमार ठाकुर र भारत घर भई हाल काठमाडौँ कलङ्की बस्ने २५ वर्षीय पिण्डुकुमार जादवलाई पक्राउ गरी सार्वजनिक केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, ‘प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले निजहरूको साथबाट चार ग्राम ३३० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।’ पछिल्लो समय काठमाडौँमा अवैध लागुऔषधको कारोबार तथा सेवनकर्ता बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको उनले बताए ।
२०८२ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित









