इरानविरुद्ध कडा कदम चाल्न विचार गर्दैछु : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो प्रशासनले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताएका छन् । इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसलाई धेरै गम्भीरताका साथ हेरिरहेको बताए । सेनाले यसको अध्ययन गरिरहेको र हामी केही धेरै कडा विकल्पहरूको बारेमा सोचिरहेको उनको भनाइ छ । इरानमा पछिल्लो समय सरकार विरोधी प्रदर्शनहरू र राजनीतिक अस्थिरताका खबरहरू बाहिरिएका छन् । जसलाई लिएर अमेरिकाले आफ्नो रणनीति तय गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =