ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ: ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रनिल्याण्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै शुक्रबार फेरि ग्रिनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएका छन् ।

तेल कम्पनीका कार्यकारीसँग भेनेजुएलामा तेलका लागि लगानी गर्ने बिषयमा ह्वाइट हाउसमा आयोजित भेटमा राष्ट्रपति ट्रम्पले भने ‘उनीहरूले यो मन पराउन् वा नपराउन् हामी ग्रीनल्याण्डमा पनि केही गनेछौँ ।’

ग्रिनल्याण्डबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने ‘म एक सम्झौता गर्न चाहन्छु । यदि हामीले सहज तरिकाले सम्झौता गर्न सकेनौँ भने हामी यसलाई कठिन तरिकाले भएपनि गरिछाड्नेछौँ ।’

राष्ट्रपति ट्रम्पले आर्कटिकमा रुस र चीनको बढ्दो सैन्य गतिविधिलाई मध्यनजर गर्दै खनिजको धनी टापुलाई नियन्त्रण गर्नु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

उनले भने ‘हामी ग्रीनल्याण्ड रूस वा चीनले कब्जा गरेको देख्न चाहँदैनौँ । यदि हामीले त्यसो गरेनौँ भने उनीहरूले के गर्न सक्छन्, यो विचार गर्नुपर्ने बिषय हो । त्यसैले हामी ग्रीनल्याण्डलाई सहज वा कठिन तरिका जसरी हुन्छ संरक्षण गर्नुपर्छ ।’

चीन र रूस दुवै देशले हालैका वर्षहरूमा आर्कटिक क्षेत्रमा सैन्य गतिविधि बढाएका छन्, तर दुवैले विशाल हिम टापुमा कुनै दाबी गरेका छैनन् ।

डेनमार्क र अन्य युरोपेली सहयोगीहरू ट्रम्पको ग्रिनल्याण्डलाई आफ्नो नियन्त्रणमा लिने चेतावनीबाट स्तब्ध भएका छन् । ग्रीनल्याण्डमा संयुक्त राज्य अमेरिकाको पहिलेदेखि नै सैन्य आधार रहेको छ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रीनल्याण्डमाथिको आक्रमणले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र दोस्रो विश्वयुद्धपछिको सुरक्षा संरचनाको अन्त्य हुने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सन् २००३ मा इराकमाथि भएको आक्रमणमा अमेरिकासँग सामेल भएको अमेरिकाको दृढ सहयोगी डेनमार्कको चिन्ताप्रति आश्वासन दिने कोशिस गरेका थिए ।

ट्रम्पले भने ‘म डेनमार्कको प्रशंसक पनि हुँ, तपाईंलाई थाहा पनि छ, उनीहरू मसँग धेरै सकारात्मक छन् ।’

तर तपाईंलाई थाहा छ, तथ्य यो हो कि ५०० वर्ष पहिले उनीहरूको त्यहाँ डुङ्गा भूमि थियो यसको मतलब यो होइन कि उनीहरूको जमिनको स्वामित्व छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ग्रीनल्याण्डका विदेशमन्त्री र डेनमार्कका प्रतिनिधिसँग अर्को साता भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =