रुखको हाँगाले लागेर महिलाको मृत्यु

गाईघाट । रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी एक महिलालाई रुखको हागाले लागेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचान अधिकारी केदारमान दोङका अनुसार रुखको हाँगाले लागेर चौनपा–७ की ४२ वर्षीय नमिता राईको मृत्यु भएको हो ।

आज बिहान १०ः०० बजे स्थानीय पञ्चमी सामुदायिक वनमा रुख ढाल्ने क्रममा राईलाई रुखको हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएकी थिइन् ।

बेल्टार नगर अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राईको शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको सूचान अधिकारी दोङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =