नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक, २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक वचत

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको प्रतिवेदनले २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक वचत हुने गरेको देखाएको छ ।

प्रतिवेदनअनुसार नेपालको २०७८/७९ को नेशनल ट्रान्सफर एकाउण्ट अनुमानले जनसांख्यिक परिवर्तनका आर्थिक प्रभावहरू स्पष्ट देखाएको हो । सोही अनुमानअनुसार २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक वचत देखिन्छ ।

तर युवा र वृद्ध उमेर समूहमा जीवनचक्र घाटाको उच्च रूप रहेको देखाएको छ । प्रतिवेदन प्रश्तुत गर्दै तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांकअधिकारी ढुण्डिराज लामिछानेले अधिकतम प्रतिव्यक्ति घाटा ८७ वर्षको उमेरमा पाइएको बताए ।

श्रम आम्दानी र उपभोगबीचको ठूलो असन्तुलन देखाउँछ । मानव पुँजी निर्माणमा सरकारी प्रयासको दायरा वृद्धि गर्नका लागि यो सूचनाले प्रशस्त मार्गदर्शन गर्ने लामिछानेको भनाइ छ ।

लामिछानेकाअनुसार नेपालको काम गर्ने उमेर समूहको श्रम बजार सहभागिता अभिवृद्धि गर्न, सीप विकासलाई प्रवद्र्धन गर्न तथा सामाजिक सुरक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकतालाई यस अनुमानले स्पष्ट दिशानिर्देश गर्नेछ ।

यसरी, नेशनल ट्रान्सफर एकाउण्टबाट प्राप्त अन्तरदृष्टिको माध्यमबाट अन्तरपीढी आर्थिक स्थायित्व सुनिश्चित गर्ने आधारहरू तयार गर्न सकिनेछ ।

आगामी दिनहरूमा नेशनल ट्रान्सफर एकाउण्ट अनुमान कार्यमा थप अध्ययन अनुसन्धान गरी सम्पतीमा आधारित पुनर्वितरण र हस्तान्तरण समेतको आर्थिक प्रवाहको समग्र चित्र तयार गर्नुपर्ने, तथ्यांकको नियमित आपुर्तिका लागि श्रम तथ्यांक र उपभोग खर्च सर्वेक्षण आवधिक रूपमा नियमित सञ्चालन गरी नेशनल ट्रान्सफर एकाउण्टको विस्तृत खाका तयार गर्नुपर्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

यसका लागि राष्ट्रिय लेखाका अनुमानहरू समेतको सुदृढीकरण आवश्यक पर्ने र नेशनल ट्रान्सफर एकाउण्टलाई थप खण्डिकृतस्तरबाट विश्लेषण गर्दै लैङ्गिक सवाल र अन्य सामाजिक सवालहरूमा प्राज्ञिक पृष्ठपोषण उपलब्ध गराउन सकिने निष्कर्श प्रतिवेदनको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =