नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका १० जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बिहीबार बसेको बैठकको निर्णयानुसार बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम योग्यताक्रमका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ । बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत राम प्रकाश शाह रहेका छन् । उनको प्राप्ताङ्क ८२.७९१७ रहेको छ । यस्तै, दोस्रो नम्बरमा विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा कार्यरत भुवनेश्वर तिवारी र तेस्रो नम्बरमा केन्द्रीय विशेष कार्यदलमा कार्यरत ऋषि राम कँडेल रहेका छन् ।

सिफारिस सूचीको चौथो नम्बरमा सुरेश प्रसाद काफ्ले, पाँचौँमा श्याम सिं चौधरी र छैटौँ नम्बरमा नकुल पोखरेल रहेका छन् । त्यसै गरी सातौँदेखि १० औँ नम्बरसम्म क्रमशः दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहराको नाम समावेश छ । बढुवा समितिले सिफारिस गरेका यी अधिकारीहरू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, प्रधान कार्यालयका विभिन्न शाखा तथा जिल्ला प्रहरी कार्यालयहरूमा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =