राष्ट्रियसभा सदस्यमा कोशीबाट सुनिल थापा निर्विरोध निर्वाचित

मोरङ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशी प्रदेश अन्य समूहतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

अन्य समूहतर्फ कांग्रेसका थापाको एकल उम्मेदवारी दर्ता भएको राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

निर्वाचनका लागि कोशी प्रदेशको अन्य, दलित समूह र महिला महिला समूहको दुई स्थानका लागि चार जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै दलित र महिला समूहतर्फ कांग्रेस र एमाले गठबन्धनबाट सोम पोर्तेले र रोश्नी मेचेले मनोनयनपत्र दर्ता गराएका छन् ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले दलित र महिला समूहतर्फ खेमराज सुन्दास र नमिता न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =