ओएचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त

एजेन्सी । मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो तनावपुर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ ।

अमेरिकाले हालै गरेको सैन्य अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई गिरफ्तारी देश निकाला गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा सैन्य कारबाहीले “अन्तर्राष्ट्रिय कानूनका साथै संयुक्त राष्ट्रको बडापत्रको उल्लङ्घन गरेको बताएकी छन् ।

भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले “विश्वभरिका सबै राज्यहरूलाई आफु असुरक्षित भएको महसुस गराएको“ बताउदै उनले, “अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी एकपक्षीय सैन्य हस्तक्षेपद्वारा जवाफदेहिता हासिल गर्न नसकिने बताएकी छन् ।

भेनेजुएलाको भविष्य “भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकार, आफ्नो जीवन र स्रोतमाथि सार्वभौमसत्ता लगायत मानव अधिकारको पूर्ण सम्मानका साथ निर्धारण गरिनु पर्ने शामदासानीले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलाको राजधानी काराकाससहित देशका प्रमुख स्थलहरूलाई लक्षित गरी ठूलो मात्रामा सैन्य आक्रमण गर्ने घोषणा गरेको जनाइएको छ ।

अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीको गिरफ्तारी गरी अमेरिकी अदालतमा मुद्दा चलाउन अमेरिकामा स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =