राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाले टुंगो लगायो १७ उम्मेदवार
२०८२ पुस २३ गते

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १७ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेसँगको गठबन्धन प्रयास असफल भएपछि नेकपाले रिक्त १८ सिटमध्ये गण्डकी प्रदेशमा एक सिट खाली छाडेर बाँकीमा उम्मेदवार चयन गरेको हो ।
नेकपाले सबै प्रदेशमा एकल रूपमा प्रतिस्पर्धा गर्ने रणनीति अपनाएको छ । यसअघि कांग्रेस र एमालेले १८ सिटमा भागबण्डा मिलाएर उम्मेदवार चयन गरिसकेका छन् भने मधेशमा जनता समाजवादी पार्टीलाई एक सिट दिने समझदारी भएको छ ।
यी हुन् नेकपाका उम्मेदवारहरू :
कोशी प्रदेश
- खेमराज सुन्दास
- हेमराज घिमिरे
- नमिता न्यौपाने
मधेश प्रदेश
- रामनन्दन प्रसाद
- लक्ष्मण पौडेल
- शम्भु पासवान
- समिकुमारी अग्रवाल
बागमती प्रदेश
- प्रेम प्रसाद सापकोटा
- सरोज कुमारी झा
गण्डकी प्रदेश
- कपिल लामा
लुम्बिनी प्रदेश
- दुर्गा भण्डारी
- वृहस्पति अधिकारी
- सर्जन बिक
कर्णाली प्रदेश
- बुद्धिप्रसाद शर्मा
- अन्जु महतरा
सुदूरपश्चिम प्रदेश
- टीकाराम जैशी
- रोजी बस्नेत सुनार
२०८२ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित









