जेलमा रहेका टोपबहादुर अर्घाखाँचीबाट एमालेको उम्मेदवार सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट अर्घाखाँची क्षेत्रमा पाँच जनाको नाम उम्मेदवार सिफारिस भएको छ ।

सिफारिस सूचीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा खेपिरहेका र हाल जेलमा रहेका पूर्वगृहमन्त्री एवं एमाले पूर्वसचिव टोपबहादुर रायमाझीको नाम पनि समावेश भएको छ ।

रायमाझीसँगै पीताम्बर भुसाल, बोमबहादुर विश्वकर्मा, जबहादुर शाह र बिजुला रायमाझीको नाम जिल्ला कमिटीबाट सिफारिस भएको हो ।

टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । अर्घाखाँचीमा सिफारिस भएका नामहरू प्रदेश कमिटी हुँदै केन्द्रमा पुगेर अन्तिम टुंगो लाग्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =