इक्यान अध्यक्षमा दीपक राज भुसालको मनोनयन दर्ता, यस्ता छन् २६ एजेन्डा

भुसालको प्रस्तावकमा पाण्डे र समर्थकमा भट्टराई

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनका लागि वर्तमान महासचिव दीपक राज भुसालले अध्यक्ष पदमा औपचारिक उम्मेदवारी दर्ता गराएका छन् ।

पुस २८ गते हुने निर्वाचनअघि उनको यो कदमलाई संघभित्र रणनीतिक र निर्णायक मानिएको छ । भुसालको उम्मेदवारीलाई पूर्व अध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईले समर्थन गरेका छन् ।अध्यक्षका उम्मेदवार भुसालको प्रस्तावकमा पाण्डे र समर्थकमा भट्टराई नै रहेका छन् ।

पाण्डे र भट्टराईको समर्थनले भुसालको दावीलाई व्यक्तिगत महत्वाकांक्षा मात्र नभई संघको संस्थागत निरन्तरता, स्थायित्व र व्यावसायिक प्रतिष्ठाको प्रतीकका रूपमा हेरिएको छ ।

प्रकाश पाण्डेको नेतृत्वमा इक्यानले नीतिगत दृढता, अनुशासन र पारदर्शितामा आधारित संस्थागत संरचना निर्माण गरेको थियो भने शेषराज भट्टराईले चुनौतीपूर्ण अवस्थामा पनि समावेशिता, संवाद र सदस्य–केन्द्रित कार्यशैली अपनाउँदै संघलाई एकताबद्ध र सकारात्मक दिशामा अघि बढाएका छन् ।

उम्मेदवारी दर्तापछि भुसालले भने ‘प्रकाश पाण्डे र शेषराज भट्टराईजस्ता नेतृत्वबाट प्राप्त विश्वास मेरो लागि सम्मान मात्र होइन, ठूलो जिम्मेवारी हो । मेरो लक्ष्य केवल वाचा गर्नु होइन, संघको व्यावसायिक प्रतिष्ठा, पारदर्शिता र सदस्यहरूको हित सुनिश्चित गर्नु हो ।’

उनका प्रमुख एजेन्डाहरूमा सदस्य सशक्तिकरण, शैक्षिक परामर्श व्यवसायको मर्यादा तथा स्तर वृद्धि, सरकार र सम्बन्धित निकायहरूसँग प्रभावकारी समन्वय तथा आर्थिक पारदर्शिता सुनिश्चितता रहेका छन् ।

यी मुद्दाहरूले संघलाई संगठनात्मक रूपमा बलियो बनाउँदै सदस्यहरूको विश्वास र दीर्घकालीन प्रतिष्ठा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

यी हुन् भुसालका एजेण्डा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =