रास्वपाको समानुपातिक बन्दसूचीबाट मिलन लिम्बूले लिए नाम फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीबाट मिलन लिम्बूले नाम फिर्ता लिने घोषणा गरेका छन् ।

लिम्बू आदिवासी जनजाति (पुरुष) क्लस्टरमा छैटौं नम्बरमा सिफारिस भएका थिए । उनले सोमबार सामाजिक सञ्जालमार्फत समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने जानकारी गराएका हुन् ।

उनले पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै यो निर्णय लिएको उल्लेख गरेका छन् ।

मिलन लिम्बू यसअघि इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा रास्वपाका उम्मेदवार थिए । उक्त निर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका थिए भने लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =