भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने

काठमाडौं । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेश मन्त्री मार्को रुबियोसँगको टेलिफोन संवादबारे जानकारी गराएका छन् । रुबियोकाअनुसार निकोलस मदुरो अमेरिकी हिरासतमा रहेकाले अब भेनेजुएलामा थप कारबाहीको आवश्यकता रहने छैन ।

मदुरोले अब संयुक्त राज्य अमेरिकामा फौजदारी अभियोगमा अदालती सुनुवाइको सामना गर्नेछन् । उटाहका सिनेटर लीकाअनुसार यो कदम सम्भवतः अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकारभित्र पर्दछ ।

यद्यपि सिनेटर लीले ट्रम्प प्रशासनको भेनेजुएला विरुद्धको यस कारबाहीको औचित्यमाथि प्रश्न समेत उठाएका छन् । उनले युद्धको घोषणा वा सैन्य बल प्रयोगको स्पष्ट अधिकार बिना गरिएको यस कदमको संवैधानिक आधारबारे थप बुझ्न आफू उत्सुक रहेको बताए । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =