लेबनानी सेनाले प्यालेस्टिनी शिविरहरूबाट हतियारहरु फेला पार्‍यो

काठमाडौं । लेबनानी सेनाले लेबनानका प्यालेस्टिनी शरणार्थी शिविरहरूबाट हस्तान्तरण गरिएको हतियारको पाँचौं खेप प्राप्त गरेको छ । यो सबै हतियारहरूलाई राष्ट्रिय अख्तियारी अन्तर्गत केन्द्रीकृत गर्ने राज्यको नेतृत्वमा रहेको योजनाको एक हिस्सा हो ।

चारवटा ट्रकमा ढुवानी गरिएको सो खेपमा १६ वटा सतहबाट सतहमा प्रहार गर्ने रकेट सहितको रकेट लन्चर प्लेटफर्म, भारी मेसिन गन, मध्यम स्तरका हतियार र गोलाबारुद रहेका छन् । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीद्वारा प्रशारित लेबनानी–प्यालेस्टिनी संवाद समितिको विज्ञप्ति अनुसार, दक्षिणी लेबनानको सिडोनस्थित ऐन अल–हिल्वेह शिविरमा प्यालेस्टिनी राष्ट्रिय सुरक्षा बलले सो हतियार हस्तान्तरण गरेको हो ।

विज्ञप्तिकाअनुसार यो कदम पूर्णराष्ट्रिय सार्वभौमसत्ता कायम राख्ने सरकारको प्रतिवद्धता अनुरुप राज्यको नियन्त्रण बाहिर रहेका प्यालेस्टिनी हतियारको समस्या समाधान गर्ने प्रयासमा थप प्रगतिको संकेत हो । यसअघि अगस्टको अन्त्यमा बेरुत र दक्षिणी लेबनानका विभिन्न शिविरहरूबाट हतियार हस्तान्तरण गरिएको थियो ।

केही मन्त्रीहरूको विरोधका बावजुद अगस्ट ५ मा लेबनानी सरकारले सेनालाई हिजबुल्लाहका हतियारसहित सबै हतियारहरू वर्षको अन्त्यसम्ममा राज्यको अख्तियारीमा सीमित गर्ने योजनाको मस्यौदा तयार गर्न जिम्मेवारी दिएको थियो । सन् २०२३ को अन्त्यसम्ममा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत र कार्य एजेन्सीमा लेबनानमा करिव ५ लाख प्यालेस्टिनी शरणार्थीहरू दर्ता भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =