चीनमा विपद्को पूर्वसूचना दिन ड्रोनको प्रयोग
२०८२ पुस १८ गते

काठमाडौं । चीनको कुजिङ शहरमा विपद् व्यवस्थापन र वातावरणीय सुरक्षाका लागि ६ वटा ड्रोनमार्फत नियमित हवाई गस्ती र अनुगमन शुरु गरिएको छ ।
दक्षिण-पश्चिम चीनको युन्नान प्रान्तस्थित कुजिङ शहरमा ड्रोनहरूको एक अनुगमन सञ्जालले आगलागीको जोखिम पत्ता लगाउन र सम्भावित विपद्हरूको पूर्वसूचना दिन नियमित रूपमा हवाई गस्ती गरिरहेको हो । यी ड्रोनहरूले पानीको गुणस्तर अनुगमन गर्न र पारिस्थितिक सुरक्षा कायम राख्न नदीहरूको गस्ती समेत गर्ने गरेका छन् ।
२०८२ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित









