समाजकल्याण परिषद्का संरचनाहरूको भाडा सम्झौता समयानुकूल बनाइने: मन्त्री श्रेष्ठ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्का संरचनाहरूको भाडा सम्झौता समयानुकूल बनाइने बताएकी छिन् ।

बुधवार परिषद्का संरचनाको अनुगमका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले परिषद्का संरचनाको बाँकी बक्यौता उठान व्यापारी तथा संघसंस्थाहरुलाई तत्काल पत्र काट्ने पनि जानकारी दिए । सरकारले कति वटा सङ्घसंस्थाहरूले बक्यौता दिएका छैनन् त्यसबारे सूचि तयार भइसकेको र १५ दिनभित्र पत्र काटिसक्ने बताइन् । फाइल खोलेर राख्ने नभई कारबाही गरेर देखाउने उनको चेतावनी छ ।

भाडा सम्झौता नवीकरण गर्ने समयमा समयानुकूल भाडादर निर्धारण गरिने पनि बताइन् ।

उनले भनिन् ‘कति वटा बक्यौता बाँकी छ भन्नेकुरा सुनेका थियौँ । आज हामीले आँखाले देखेका छौँ । आजको समस्यालाई हेरेर जुन बक्यौता धेरै नै बढेको छ । जसले वर्षौँदेखि ओगटेर राख्नुभएको छ तर असुल भएको छैन । हामीले १० देखि १५ दिनभित्रमा बक्यौता फर्छ्यौट गरिदिन परिपत्र गर्नेछौँ । हामीले भाडा उठाएका छौँ तर त्यो अनुसारको सुविधा दिन सकेका छैनौँ । त्यसमा हामी छलफल गर्नेछौँ । हामी काम गर्ने सोचमा छौँ, फाइल खोलेर बन्द गर्ने सोचमा छैनौँ । त्यसअनुसार नै प्रयास गर्छु । जसको बक्यौता बाँकी छ, लिस्ट तयार गरिसकेका छौँ । सुरुवात व्यापारिक प्रयोजनबाट सुरु गर्नेछौँ । एमओयु नयाँ गर्ने क्रममा मूल्य निर्धारण गरेर पनि अघि बढ्नेछौँ ।’

मन्त्री श्रेष्ठले व्यापारिक प्रयोजनका लागि भाडा लिएकाहरूबाट बक्यौता उठाउन सुरु गर्ने पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =