अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्छ: मन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विचार मिल्ने राजनीतिक दलहरू मिलेर सरकार बनाए स्थायित्व प्राप्त हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौँमा आयोजना गरेको संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एउटा कुनै राजनीतिक दलले सरकार बनाउन नसके विचार मिल्ने राजनीतिक दलहरू मिले सरकार बनाए स्थायित्व आउने जिकिर गरे । उनले अबको नेतृत्व गर्ने स्थानमा जेन–जीहरू हुनुपर्ने बताए ।
उनले भने ‘मुलुकमा शान्ति चाहियो । त्यसका लागि स्थिर सरकार चाहियो । एउटा पार्टीले सरकार बनाउन सक्दैन भने विचार मिल्ने पार्टीले सरकार बन्ने हो भने राजनीति स्थायित्व दिन्छ । अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरु हुनुपर्छ । जोसँग सकारात्मक सोच छ र केही गरौँ भन्ने सोच भएकाहरूलाई अघि बढाउनुपर्छ । यो एउटा प्रतिबद्धताको जरुरी छ । हाम्रो पुस्ताका लागि यो अन्तिम अवसर हो । कम्पनी रजिस्ट्रारको काम फेसलेस गर्ने कार्य नभएको मैले पनि पाए, काम कारबाहीको तौरतरिका फेर्नुपर्छ । संविधान राम्रो छ । त्यसमा चुनौतीहरू धेरै भए त्यसमा संशोधन गर्नुपर्छ ।’
उनले अहिले मुलुकमा शान्तिको आवश्यकता रहेको बताए ।









