प्रकाशशरण महतको आरोप- भदौ २४ को अपराधलाई वैधानिकता दिन खोजियो

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ मा जेन–जी आन्दोलनमाथि सरकारी रवैया गलत रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनको क्रममा सरकारले गरेको बल प्रयोग गलत भएको प्रतिक्रिया दिएका हुन् ।

प्रवक्ता महतले सरकारले भदौ २४ गतेको आगजनी, लुटपाटजस्ता घटनालाई वैधानिकता दिन खोजेको आरोप लगाउँदै आपत्ति समेत जनाए । उनले त्यस्ता आपराधिक घटनालाई सरकारले संरक्षण गर्ने र वैधानिक दिने काम गर्यो भने मुलुकमा फेरी पनि त्यस्ता घटना दोहोरिने समेत स्पष्ट पारे ।

प्रवक्ता महतले भने ‘अहिले सरकारले २३ र २४ गते जुन घटना घट्यो । त्यसलाई वैधानिकीकरण, २४ गतेको जुन घटना घट्यो । जो लुटपाट, फसाद, जुन भयो । त्यसलाई लेजिटीमेसी दिँदा भविष्यमा पनि समस्या आउँछ । सुशासनका लागि आन्दोलन वा प्रोटेक्ट जायज छ । त्यो प्रोटेक्ट गर्दा अत्यधिक बल प्रयोग गयो, त्यो सरकारको तर्फबाट भएको कुरा पनि गलत छ । तर दोस्रो दिन जुन लुटपाट आगजनी भयो । त्यो पनि गलत । हामीले दुवै घटनालाई एक ठाउँमा हालिदियौँ भने भविष्यमा पनि समस्या आउँछ । हामी त्यसलाई लेजिटीमाईज गर्छौ कानुनलाई हामी भङ्ग गर्छौँ । त्यस्ता कुरालाई वैधानिकीरकरण पनि गर्छौँ भन्ने मान्यता समाजमा स्थापित भइरह्यो भने शान्ति खलल हुन्छ, अनि स्थायित्व आउँदैन । समृद्धि पनि टाढा भाग्दछ ।’

प्रवक्ता महतले मुलुकलाई शान्ति, स्थायित्व र समृद्धि दिनका लागि भदौ २४ को घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने काममा सरकारले ढिलाइ गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =