बादललाई गोकुलको जवाफ- रूख-सूर्य मिलेपछि चुनाव लडे भो त, किन समानुपातिकमा ?

काठमाडौं । नेकपा एमालेभित्र भावी चुनावी समीकरण र समानुपातिक प्रणालीको प्रयोगलाई लिएर शीर्ष नेताहरूबिच नै वैचारिक जुहारी सुरु भएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली कांग्रेस र एमाले मिलेर चुनावमा जानुपर्ने प्रस्ताव राखेको भोलिपल्टै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले कडा प्रतिवाद गरेका छन् ।

बास्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष बादलको नाम नलिईकन, तर स्पष्ट संकेत गर्दै ‘शक्तिशाली’ भनिने नेताहरूले नै पटक-पटक समानुपातिक कोटा ओगटेको भन्दै रोष प्रकट गरे । मंगलबार अध्यक्ष केपी शर्मा ओलीसामु बादलले राखेको ‘रुख र सूर्य’ मिल्नुपर्ने प्रस्तावलाई व्यंग्य गर्दै बास्कोटाले भनेका छन्, ‘रुख र सूर्य मिलेर जाने हो भने चुनाव लडे भइहाल्यो नि !’

आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने तर निर्वाचनको मैदानमा उत्रिन डराएर समानुपातिक सूचीमा सुरक्षित हुन खोज्ने प्रवृत्तिले समावेशी प्रणालीकै बदनामी भइरहेको बास्कोटाको तर्क छ। उनले पुरुष नेताहरूले आरक्षणको कोटा कब्जा गर्नु समावेशिताको सिद्धान्तविपरीत रहेको औंल्याउँदै भनेका छन्, ‘समावेशिताकै बेइज्जत नगर, त्यो पनि पुरुषले !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =