शान्तिनगरमा शुद्ध पिउने पानीको लागी सार्वजनिक ढुङ्गे धारा उद्घाटन

काठमाडौँ । शुद्ध पिउने पानीको लागी सार्वजनिक ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उद्घाटन गरिएको छ ।

आज काठमाडौँ महानगरपालिका वडा नं-६ महाकाल ओरालो शान्तिनगर चोकमा उक्त टयाङकी उद्घाटन गरिएको हो ।

एक कार्यक्रमका बिच समितिका अध्यक्ष राजकुमार लामाले उक्त ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उद्घाटन गरे । श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा बौद्ध परम्परा र वैदिक परम्परा अनुसार कलात्मक ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकीको  निर्माण गरिएको हो ।

पुरातात्त्विक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा श्री बौद्धनाथ क्षेत्र विकास समितिले सक्रियता दिँदै आएको समितिका अध्यक्ष राजकुमार लामाले बताए ।

उनले वडा नं ६ मा मात्र नभएर क्षेत्र नं ३ भरिका पुरातात्त्विक र ऐतिहासिक महत्वका  सम्पदाको संरक्षणमा क्षेत्र विकास समितिले  सहयोग गर्दै आएको पनि बताए ।

संरक्षणको अभावमा नामेट हुँदै जान थालेका ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाई छ ।

शुद्ध पिउने पानीको लागी  ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी निर्माण पश्चात् शुद्ध पिउने पानीको समस्या बाट राहत मिलेको स्थानीयको भनाई छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =