टुँडिखेलमा हर्षोल्लासका साथ ‘तमु ल्होसार’ मनाइँदै (तस्बिरहरू)

काठमाडौँ । आज देशभर हर्षोल्लासका साथ ‘तमु ल्होसार’ मनाइँदै छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मनाउँदै आएका छन् ।
‘गुरुङ समुदायमा ‘ल्हो’ भन्नाले वर्ष र ‘सार’ भन्नाले फेरिनु भन्ने बुझिन्छ । तसर्थ, वर्ष फेरिने दिनको सङ्केतका रूपमा यस पर्वलाई ‘तमु ल्होसार’ नामकरण गरिएको हो । विशेष गरी पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि दिनहरू लम्बिँदै जाने हुँदा अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा पनि यसलाई लिइन्छ ।
सूर्यको ताप र भौगोलिक अवस्थितिसँग पनि यो पर्वको गहिरो सम्बन्ध रहेको छ । गुरुङहरूको बाहुल्य रहेका लमजुङ, गोरखा, कास्की, मनाङ, स्याङ्जा लगायतका जिल्लाहरूमा सूर्यको ताप पहिले महसुस गरिने भएकाले पुस महिनामै यो पर्व मनाउने परम्परा बसेको विश्वास गरिन्छ ।
ल्होसारको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
आज गुरुङ समुदायले वसन्तपुरबाट सांस्कृतिक र्याली सहित रत्नपार्क, भद्रकाली सहिदगेट हुँदै टुँडिखेलमा पुगेर आफ्नो मौलिक पर्वलाई भव्यताका मनाइरहेका छन् ।
हेर्नुहोस् तस्बिरहरू:









