सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौँ: रेशम चौधरी

काठमाडौँ । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ ।
सोमवार पार्टीको तर्फबाट समानुपातिक तर्फको सांसदहरूको बन्दसूचि बुझाउन निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।
उनले नागरिक उन्मुक्ति पार्टीलगायतका पाटीहरूसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पारे । सो पार्टीका संरक्षक चौधरीले समानुपातिक बन्द सूचिमा पनि आफूले देशका सबै भूगोललाई समेटेर उम्मेदवार बनाएको पनि जानकारी दिए ।
उनले भने ‘हामीले कास्कीबाट , पर्वतबाट, लम्जुङबाट, हामी रुकुमबाट, रोल्पाबाट, कालिकोट, दैलेखबाट, डोल्पाबाट हामी धेरै टाढा पुगेका छौँ । यद्यपि नाउपा, नेपालले हाम्रो गठबन्धन छ । यसले सबै निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाउँछ ।’
त्यस अवसरमा संरक्षक चौधरीले निर्वाचनमा आउने परिणाम भने मतदाताको छनौटमा भरपर्ने बताए ।









