सौराहामा १९ औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

काठमाडौँ । चितवनको पर्यटकीय नगरी सौराहामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित आज (पौष १३ गते) देखि १९ औँ हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ ।

क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको छ ।

२५ वटा सिङ्गारिएको हात्ती सहितको सांस्कृतिक र्‍यालीले नगर परिक्रमा गर्दै कार्यक्रमस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुगेको थियो ।

समग्र चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । महोत्सव पौष १३ गतेसम्म चल्नेछ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =