फागुन २१ को निर्वाचनपछि रास्वपाको सरकार : डा. स्वर्णिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान संसद र सत्ता गठबन्धनको वैधानिकता पूर्ण रूपमा समाप्त भइसकेको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. वाग्लेले एमाले र कांग्रेस नेतृत्वको वर्तमान सरकार तथा यी दुई दलको बर्चस्व रहेको संसदको पुनर्स्थापना अब सम्भव नरहेको बताएका हुन् ।

भदौ २३ गते भएको हिंसात्मक घटनालाई ‘नरसंहार’ को संज्ञा दिँदै उनले उक्त घटनाका लागि वर्तमान सरकार नै जिम्मेवार रहेको आरोप लगाएका छन् । ‘भदौ २३ को नरसंहारका लागि जिम्मेवार एमाले-कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णतः सकिएको छ,’ वाग्लेले भनेका छन्, ‘अब त्यसको पुनर्स्थापनाको कुनै सम्भावना छैन ।’

उपसभापति वाग्लेले मुलुक अब नयाँ निर्वाचनमार्फत अघि बढ्ने उल्लेख गर्दै आगामी फागुन २१ गते हुने आम निर्वाचनले देशलाई नयाँ निकास दिने विश्वास व्यक्त गरे । ताजा जनादेश प्राप्त हुने उक्त संसदले आगामी पाँच वर्षका लागि मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने र त्यसको नेतृत्व रास्वपाले गर्ने उनको जिकिर छ । आफ्नो फेसबुक स्टाटसमा उनले थप लेखेका छन्, ‘फागुन २१ को आम निर्वाचनबाट चुनिएर आउने संसदले अर्को पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउनेछ, जसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =