आइतबारदेखि हराएका ४ बालबालिका फेला

काठमाडौँ । पौष ६ गते आइतबारदेखि सप्तरीको तिरहुबाट हराइरहेका चार जना बालबालिकालाई पौष ७ गते सोमबार सशस्त्र प्रहरीले फेला पारेको छ ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहको सुरक्षा फौजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ कोशी ब्यारेजबाट फेला पारेको हो ।

फेला परेकाहरूमा सोही जिल्लाको तिरहुत गाउँपालिका–३ गोईठी बस्ने अन्दाजी ७ की श्रृष्ठी कुमारी सरदार, ७ वर्षीय कुमारी सरदार, ८ बर्सिया आरोसी सरदार र ६ वर्षीय कृष्ण सरदार छन् ।

उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि सोधपुछ गर्दा आफ्नो घर ठेगाना तथा कहाँ केको लागि जान हिँडेको भन्ने समेत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको थियो ।

आफूखुसी घरबाट हिँडेको र अलपत्र अवस्थामा फेला परेका बालबालिकाहरूलाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा बासिन्दाको रोहबरमा उनीहरूको अभिभावकको जिम्मा लगाई पठाइएको छ ।

उनीहरूलाई कसैले ललाई फकाई गरेर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =