१२ वर्षिया बालिकाको विभत्स हत्यामा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । मोरङ लेटाङ २ बस्ने नविन गौतमको १२ वर्षकी छोरीको विभत्स हत्यामा संलग्न व्यक्ति पक्राउ परेको छ ।
गत शुक्रवार मोरङ लेटाङ न.पा वडा नं. २ फडानीबाट प्रहरीले ५८ वर्षीय पदम बहादुर अधिकारीलाई पक्राउ गरिएको हो । उनी मोरङ लेटाङ न.पा वडा नं.२ फडानीकै स्थानीय हुन् ।
उनले उक्त बालिकालाई विभिन्न प्रलोभन देखाइ अन्दाजी ४.५ कि.मि पर वेलवारी चिसाङ सामुदायिक वन जंगल भित्र लगी हसियाले घाँटी रेटि विभत्स हत्या गरेका थिए ।
गत भदौ २१ गते करिब २ बजे घरदेखि बाहिर गई हराई फेला नपरेको उक्त बालिकाको खोजतलास गरिएको थियो ।
गत कार्तिक ७ गते करिब ११:३० बजे जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं. २ स्थित वेलवारी चिसाङ सामुदायिक वन जंगल भित्र झाडीमा नामथर वतन र उमेर नखुलेको मानव शरीरको अङ्गहरू छुट्टाछुट्टै स्थानमा सडिगली सकेको अवस्थामा फेला परेका थिए ।
जघन्य प्रकृतिको घटनाको सम्बन्धमा घटनास्थलमा बरामद भएका कपडा, हाफ पाईन्ट, चप्पल र घडीको आधारमा हो भनी परिवारबाट सनाखत भएकोले उक्त अनुसन्धानको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीबाट घटना सम्बन्धी सूक्ष्म रूपले सूचना सङ्कलन तथा प्राविधिक विश्लेषण गरी घटनामा संलग्न प्रतिवादी पदम बहादुर अधिकारीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।








