निर्वाचनमा जान हामी तयार छौँ : कांग्रेस नेत्री भुसाल

काठमाडौँ । नेपाली कांग्रेसको नेत्री पुष्पा भुसालले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन सम्पूर्ण रुपमा तयार रहेको प्रष्ट पारेकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उहाँले निर्वाचनलाई सफल बनाउन आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्र गरिन् ।

बैठकबारे जानकारी दिँदै उनले भनिन् “यो बैठकमा सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा सहभागी हुन हामी तयार छौँ, तर त्यो वातावरण बनाउने जिम्मेवारी सरकारको हो ।”

बैठकमा उनले आफ्नो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने निर्णय भइसकेको बताइन् । उनले भनिन् “हामीले यो अब निर्वाचनबाट मात्रै संविधानले प्राप्त गरेको उपलब्धिलाई प्राप्त गर्नेछ भनेर निर्णय गरेका छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =