बागलुङमा जीप दुर्घटना, आठ जना घाइते

ढोरपाटन । बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

जल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा आज दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजा तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए । घाइतेहरुलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =