पर्साको सीमावर्ती क्षेत्रमा कडाइ

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती नाकाबाट विदेशी नागरिकको अवैध ढङ्गबाट हुनसक्ने प्रवेशलाई लक्षित गर्दै सुरक्षा जाँचमा कडाइ गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अवैध रूपमा विदेशी नागरिक आउनसक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको बताए ।

“शङ्कास्पद व्यक्ति, समुदाय जिल्लाभित्र प्रवेश गरेको आवस्थामा त्यस्ता व्यक्ति तथा समुदायका सम्बन्धमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गर्दछौँ”, उनले भने “त्यस्ता परिचय नखुलेका अपरिचित व्यक्ति, समुदायलाई घरमा बसोबास गर्न नदिन, कुनै कामकाजमा नलगाउनहुन जिल्ला सुरक्षा समितिको निर्णयानुसार आमसर्वसाधारणलाई अनुरोध गरिन्छ ।”

पर्साको १०७ किलोमिटर क्षेत्र छिमेकी मुलुकसँग खुला सीकानाका जोडिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =