विवाह पञ्चमीः भगवान राम र जानकीको विवाहोत्सव सम्पन्न

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल जनकपुरधाममा आज विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइएको छ ।

मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा त्रेतायुगमा भगवान श्रीराम र माता जानकी (सीता)को विवाह भएको स्मरण गर्दै विशेष पूजा–आराधना, शोभायात्रा र धार्मिक अनुष्ठान गरिएको हो ।

बिहानैदेखि मिथिलाको मुटु मानिने जानकी मन्दिर परिसर श्रद्धालु भक्तजनहरूले खचाखच भरिएको थियो ।

विवाह पञ्चमीको मुख्य आकर्षण स्वयंवर स्थल रंगभूमि मैदानमा साँझ आयोजित रामजानकी विवाह महोत्सव हो ।

यस वर्ष पनि मन्दिरका महन्थ, पुजारी र मिथिला क्षेत्रका कलाकारहरूले परम्परागत मिथिला शैलीमै श्रीराम र सीताको विवाह सम्पन्न गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =