महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताएकी छन् ।

मंगलवार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताइन् ।

उनले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गरिन् । प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पारिन् ।

आफू सरकारमा आएको करिव २ महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरुलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उनको दाबी थियो ।

प्रधानमन्त्री कार्कीले महिलाहरुको उपदेयता हुने ठाउँमा उनीहरुलाई नियुक्त गरेर अघि बढने बताइन् ।

उनले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने समेत बताइन् ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यका लागि गरिवी निवारण र समाजलाई जगाउने कुरालाई निनन्तर अघि बढाउन आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =