कारले ठक्कर दिँदा एकको मृत्यु

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२ हजराचौक जनकपुर ढल्केवर सडक खण्डमा आज कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए ।

दुर्घटनामा महतोका श्रीमान् ५० वर्षे राजकुमार घाइते हुनुभएको छ प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिइ ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =