एनपीएल उद्घाटन खेलको टिकट सोल्ड-आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को उद्घाटन खेलका लागि उपलब्ध सबै टिकट बिक्री भइसकेको छ । आजदेखि सुरु हुने एनपीएलको पहिलो खेलका लागि अब कुनै पनि टिकट बाँकी नरहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानले टिकट नपाएका दर्शकहरूलाई रङ्गशालामा भीडभाड नगर्न र घरमै बसेर खेलको आनन्द लिन आग्रह गरेको छ ।

क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत् एक भिडियो सन्देशमा दर्शकहरूलाई विनम्र अनुरोध गर्दै भने, “टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकहरूले रङ्गशालामा आएर हुलहुज्जत नगर्नुहोला ।”

पहिलो खेलका लागि क्यानले करिब आठ हजार टिकट बिक्री गरेको थियो । यसका अतिरिक्त, करिब दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक र आयोजकका लागि छुट्याइएको छ । यस्तै, थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि सुरक्षित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा सुरु हुने दोस्रो संस्करणको एनपीएल क्रिकेटका लागि सबै तयारी पूरा भइसकेको छ । प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाण्डु गोर्खाज एकअर्काविरुद्ध भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =