सन्तोष परियारले पनि छाडे रास्वपा
२०८२ कार्तिक २८ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद तथा नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
उनले पार्टी नेतृत्व र नीतिसँग असहमति राख्दै पार्टीबाट राजीनामा दिएको पार्टी प्रवक्ता मनिष झाले मकालुखबरलाई जानकारी दिए । उनले राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।
परियार विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । रास्वपा छाडेका उनले अब छुट्टै अभियान सुरु गर्ने तयारी गरेका छन् ।
यसअघि रास्वपाकै केन्द्रीय सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन् । उनले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी घोषणा गरेकी थिइन् ।
२०८२ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








