घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु
२०८२ कार्तिक २७ गते

रामपुर । निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
बेलडाँडा बजारमा स्थानीय भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर केवरापानी बस्ने ६३ वर्षीय टुकबहादुर सोमैको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।
नयाँ घर निर्माणका लागि पूरानो घर भत्काउने क्रममा सोमै घरमुनि च्यापिएर घाइते भएका थिए । उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०८२ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








