एमविविएसको प्रवेश परीक्षामा प्रथम हुनेलाई नगदसहित सम्मान
२०८२ कार्तिक २६ गते

मोरङ । यस वर्षको एमविविएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर–९ की छात्रालाई आज यहाँ नगदसहित सम्मान गरिएको छ ।
सोही कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान प्राप्त कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद ५१ हजारसहित सम्मान गरेका हुन् ।
यसैगरी कलेजले एमविविएस प्रवेश परीक्षाका छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरु पुष्पराज तिम्सिना र श्रृति वर्णवाललाई पनि सम्मान गरेको छ ।
२०८२ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








