एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक
२०८२ कार्तिक २४ गते

काठमाडौं । नेकपा (एमाले) ले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ ।
एमाले नेता तथा प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।
संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रतिनिधि सभा विघटन भइसकेको भए पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका हुन् ।
पार्टी स्रोतका अनुसार बैठकमा वर्तमान राजनीतिक परिस्थितिमा एमालेको भूमिका र सम्भावित आगामी कदमबारे व्यापक छलफल हुने तयारी गरिएको छ ।
२०८२ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित








