डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै विशेष सुविधा प्रदान गर्ने

काठमाडौँ । डिशहोमले द ट्राङक्विलिटी स्पा सँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ ।

डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

कम्पनीका अनुसार डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा तलका विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् :

  • सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट
  •  सबै सलोन सेवामा २० प्रतिशत छुट
  • ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी मा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट

देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ ।

अफर विवरण

  • देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५ प्रीतशत छुट
  • सबै सलोन सेवामा २० प्रतिशत छुट
  • TIBSA सेवामा ३० प्रीतशत छुट

यो सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि, myDishHome App मार्फत उपलब्ध कसरी छुट प्राप्त गर्ने ?

  • myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने,
  • दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक ID प्रयोग गरी लगइन गर्ने,
  • होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो Virtual Privilege Card खोल्ने
  • कुनै पनि Tranquility Spa शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्नुहोस् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =