डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै विशेष सुविधा प्रदान गर्ने
२०८२ कार्तिक २२ गते

काठमाडौँ । डिशहोमले द ट्राङक्विलिटी स्पा सँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ ।
डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
कम्पनीका अनुसार डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा तलका विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् :
- सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट
- सबै सलोन सेवामा २० प्रतिशत छुट
- ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी मा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट
देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ ।
अफर विवरण
- देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५ प्रीतशत छुट
- सबै सलोन सेवामा २० प्रतिशत छुट
- TIBSA सेवामा ३० प्रीतशत छुट
यो सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि, myDishHome App मार्फत उपलब्ध कसरी छुट प्राप्त गर्ने ?
- myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने,
- दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक ID प्रयोग गरी लगइन गर्ने,
- होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो Virtual Privilege Card खोल्ने
- कुनै पनि Tranquility Spa शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्नुहोस् ।
२०८२ कार्तिक २२ गते
प्रतिक्रिया








