धरानमा तीन युवा पक्राउ, १ लाख नगदसहित ट्रमाडोल बरामद

धरान । विशेष सूचनाका आधारमा गरिएको प्रहरी अपरेसनमा धरान उपमहानगरपालिका-१५, निराजन बस्ती, झण्डा पार्कबाट तीन जना युवालाई लागूऔषधसहित पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले लक्ष्मण परियारको घरमा छापा मार्दा ठूलो मात्रामा लागूऔषध र नगद बरामद भएको हो ।

प्रहरीले घर खानतलासी गर्दा २१० क्याप्सुल ट्रमाडोल र नगद एक लाख तीन हजार रुपैयाँ फेला पारेको छ । पक्राउ पर्नेहरूमा घरधनी २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई र १९ वर्षीय सन्देश गुरुङ रहेका छन् । उनीहरू तीनै जना धरान-१५ कै बासिन्दा हुन् ।

प्रहरीले उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =