जनार्दन शर्माले अराजक व्यवहार देखाए: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन् ।

शनिवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किएको बताए ।

उनले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गर्नुभयो । शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किएका थिए । उनले माओवाद माओवादी केन्द्रले छोड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता हुन नहुने धारणा राखेका छन् ।

उनले भने ‘केही जाँदैन । हाम्रो पार्टी सबै एकजुट भएको छ । सिसि मिटिङसम्म जनार्दन पनि एक हुन्छन् र हुनुपर्छ भन्ने विश्वास हामीलाई छ । उहाँले आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो, ल बस्नुस् सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । उहाँले शैली नराम्रो हो । कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो ।’

दाहालले केन्द्रीय कमिटी बैठकसम्म शर्मा पनि एक हुने बताउँदै माओवादी केन्द्र एकजुट रहेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =