मोन्था चक्रवातको प्रभाव : इटहरीका विद्यालयहरू बन्द
२०८२ कार्तिक १४ गते

फाइल फोटो
इटहरी । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभावका कारण भएको भारी वर्षालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले आज (शुक्रवार) एक दिनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा घोषणा गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखी यो निर्णय गरिएको जनाएको छ । शिक्षा शाखा प्रमुख रमेशकुमार शाहद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मिनपचास बिदाबाट कट्टा हुने गरी बिदा दिने निर्णय भएको हुँदा सोही बमोजिम विद्यालयहरू बिदा गर्नुहुन जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

२०८२ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








