शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक

काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘Quality को मामलामा No Compromise’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ ।
जहाँ एक जना जिम्मेवार डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अप्रेसन गरी आफ्नो जिम्मेवारीलाई पुरा गरेको देखाउँदै ‘जिम्मेवारीको मामलामा NO Compromise’ भन्ने सन्देश देखाइएको छ ।
यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा NO Compromise’ भन्ने सशक्त सामाजिक सन्देश मूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । उक्त भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
त्यस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत ‘सतर्कताको मामलामा No Compromise’ भन्ने सन्देश दिन खोजेको देखिन्छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको थियो भने तेस्रो भिडियोमा जहाँ हाम्रो जीवनमा हुने एक एक सेकेन्ड समयको महत्वलाई दर्साउन दुई साथी बिच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगी सकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समय सँग जोडेर ‘समयको मामलामा No Compromise’ भन्ने सन्देश देखाइएको छ ।
उक्त सामाजिक सन्देश मूलक विज्ञापनहरू दर्शकहरूले अत्यधिक रुचाइएको थिए ।








