नेकपा एससँग मिल्न हतारमा नगरौं : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान चुनौतीलाई सम्बोधन गर्न वैचारिक, सांस्कृतिक रूपान्तरण र बृहत् पुनर्गठन अपरिहार्य रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीचको प्रस्तावित एकता प्रक्रियालाई यसै बृहत् दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिएका हुन् ।

श्रेष्ठका अनुसार, यो एकता प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनको मागअनुसारको रूपान्तरण र पुनर्गठनसहित अगाडि बढाउन सके मात्र यसले सार्थक र सकारात्मक परिणाम दिन सक्नेछ । माओवादी केन्द्रले एकीकृत समाजवादीसँग एकताका लागि पहल गर्ने निर्णय गरिसकेको सन्दर्भमा, यो एकताले सिंगो कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठन अभियानको प्रस्थान विन्दुको रूपमा काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।

उनले एकता प्रक्रियालाई सफल बनाउनका लागि सम्बन्धित पार्टीहरू विभाजित भएर नभई, समग्र रूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् । यसका लागि धैर्यतापूर्वक प्रयत्न आवश्यक रहेको औंल्याउँदै श्रेष्ठले हतारमा गरिने कुनै पनि निर्णयले न त समग्र एकतालाई पूर्णता दिनेछ न त सार्थक पुनर्गठनको अवस्था नै सिर्जना हुनेछ भन्दै सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =