दसैँ–तिहारमा ब्ल्याक+डेकरको उपहार योजना: हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म

काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरमा स्थापित घरेलु उपकरण ब्रान्ड ब्ल्याक+डेकरले दसैँ–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत ब्ल्याक डेकरका उपकरण खरिद गर्ने ग्राहकहरूले हिरो स्प्लेन्डर बाइक, भियतनाम ट्रिप, तथा सिजी सफारी ट्रिप जस्ता आकर्षक उपहार जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।
नेपालमा ब्ल्याक डेकरका उत्पादनहरू सिजी इलेकट्रोनिक्सद्वारा आधिकारिक रूपमा वितरण गरिन्छ र देशभर सिजी डिजिटल आउटलेटहरू, एलजी शप आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरू मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेपालमा चाडपर्वको सन्दर्भमा ल्याइएको यो उपहार योजनाले ग्राहकको अनुभवलाई अझ मूल्यवान् बनाउने उद्देश्य राखेको कम्पनीले जानकारी दिएको छ । ब्रान्डको ‘Make Life Easier’ भन्ने मूलमन्त्रसँग मेल खाने गरी, उपकरणको खरिदसँगै उत्साहजनक उपहार जित्ने अवसर प्रदान गरिएको कम्पनीको भनाई छ।
प्रमुख पुरस्कारहरू:
बम्पर पुरस्कार
अभियानको अन्त्यमा भाग लिने भाग्यशाली विजेताले पाउनेछन्
- अविस्मरणीय Vietnam Trip
- Hero Splendor+मोटरसाइकल
Lucky Draw पुरस्कार
- CG Safari ट्रिप दुई जनालाई
सहभागिता प्रक्रिया:
यस योजनामा सहभागी हुन ग्राहकहरूले Black+Decker को कुनै पनि घरेलु उपकरण खरिद गर्नुपर्नेछ र QR कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुने जानकारी दिइएको छ ।
उपलब्धता र सञ्चालन अवधि:
यो योजना भदौ २० गतेदेखि देशभरिका CG Digital आउटलेटहरू, LG Shoppe’s आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा Black+Decker का उत्पादनहरू उपलब्ध छन् र यो योजना सीमित अवधिका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।








