सुनको मूल्यमा कीर्तिमानी वृद्धि, प्रतितोला २ लाख ३५ हजार नाघ्यो
२०८२ असोज २१ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ । मंगलबार सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिन सोमबार प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार उल्लेख्य वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतारचढाव र अमेरिकी डलरको मजबुतिका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको व्यवसायीहरू बताउँछन् ।
यसैबीच, चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ। मंगलबार प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
२०८२ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित








