सरकारले तोक्यो हवाई भाडा : धनगढी जान साढे १७ हजार लाग्ने

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वको पूर्वसन्ध्यामा आन्तरिक हवाई यात्राको माग उच्च हुने र सोही अनुरूप भाडामा मनपरी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यका लागि अधिकतम हवाई भाडादर सार्वजनिक गरेको छ ।

प्राधिकरणले वायुसेवा कम्पनीहरू र सरोकारवालाहरूलाई नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरूबाट नलिन कडा निर्देशन दिएको छ । यदि कुनै पनि वायुसेवा कम्पनी वा एजेन्टले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको  छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार, सबैभन्दा महँगो भाडादर काठमाडौं-धनगढीको लागि १७,५७९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, सबैभन्दा सस्तो भाडादर काठमाडौं-सिमराको लागि ३,९७८ रुपैयाँ निर्धारण गरिएको छ ।

यो भाडादर दशैंको टीकाको दिन, असोज १६ गतेदेखि लागू भएको छ । प्राधिकरणले सबै यात्रुहरूलाई टिकट खरिद गर्दा तोकिएको भाडादरमा विशेष ध्यान दिन र कुनै गुनासो भएमा तत्काल प्राधिकरणमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =